PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रदेश नम्बर २ को निर्वाचन : आयोगले दियो १३६ निर्वाचन अधिकृतलाई प्रशिक्षण



प्रदेश नम्बर २ को निर्वाचन : आयोगले दियो १३६ निर्वाचन अधिकृतलाई प्रशिक्षण

काठमाडौं : निर्वाचन आयोगले प्रदेश नम्बर दुईका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई प्रशिक्षण दिएको छ। आठ मुख्य निर्वाचन अधिकृत र एक सय २८ निर्वाचन अधिकृतहरुलाई आयोगले प्रशिक्षण दिएको हो। 

'सबै निर्वाचन अधिकृतहरुको प्रशिक्षण सकिएको छ,' प्रशिक्षणका लागि वीरगंजमा रहेका निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, 'प्रदेश नम्बर-२ का आठ मध्ये चार जिल्ला अन्तर्गतका निर्वाचन अधिकृतलाई जनकपुर र चारवटा जिल्ला अन्तर्गतका अधिकृतहरुलाई वीरगंजमा प्रशिक्षण दिइएको हो।'

उनले प्रशिक्षणसँगै प्रदेश नम्बर-२ मा चुनावी तयारी धेरै अगाडि पुगेको भन्दै अब निर्वाचन अधिकृतका कार्यालय खोलेर निर्वाचनका प्रक्रिया अघि बढ्ने बताए। 

प्रदेश नम्बर २ का आठ जिल्ला मध्ये चार जिल्लाको वीरगंज र चार जिल्लाको जनकपुरमा प्रशिक्षण भएको हो। प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवले जनकपुरमा र आयुक्त ईश्वरीप्रसाद पौडेलले वीरगञ्जमा प्रशिक्षण दिएका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell