PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

 बन्दुकधारीको आक्रमणमा फिलिपिन्समा ९ गाउँलेको मृत्यु



रासस

 बन्दुकधारीको आक्रमणमा फिलिपिन्समा ९ गाउँलेको मृत्यु

मनिला :  दक्षिण फिलिपिन्सको बासिलान प्रान्तको एक दुर्गम गाउँमा सशस्त्र बन्दुकधारीले गरेका आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने  १० जना घाइते भएका छन्। 

सोमबार बिहान ५० भन्दा बढी सशस्त्र बन्दुकधारीहरुले गाउँलेमाथि आक्रमण गरेका थिए।ती बन्दुधारीहरुले गाउँलेलाई गोली प्रहार र घरहरुमा आगजनी गर्दै आक्रमण सुरु गरेका उक्त प्रान्तका प्रहरी निरीक्षकले जानकारी दिएका छन्।

आक्रमणमा कुन समूहको हात रहेको भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell