PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

खोलाले बगाएर पर्शुराम नगरपालिका-६ का वडा सदस्यको मृत्यु



रासस

खोलाले बगाएर पर्शुराम नगरपालिका-६ का वडा सदस्यको मृत्यु

डडेल्धुरा :  डडेल्धुराको भित्रिमधेस क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको छ। 

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति पुन्तुरा खोलाले बगाएर वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाएको थियो। खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell