PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हरिहर खनालका दुई कृति एकसाथ सार्वजनिक



पहिलोपोस्ट

हरिहर खनालका दुई कृति एकसाथ सार्वजनिक

काठमाडौं: साहित्यकार हरिहर खनालका दुई कृति एकसाथ लोकार्पण भएका छन्। सनिबार राजधानीमा विशेष कार्यक्रम आयोजना गरी पुस्तकहरुको विमोचन गरिएको हो। साहित्यकार निनु चापागाईंको सभाध्यक्षता र साहित्यकार आनन्ददेव भट्टको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमा प्रा. राजेन्द्र सुवेदी र प्रा.डा अम्मराज जोशीले समीक्षात्मक मन्तव्य समेत राखेका थिए।

विमोचित कृतिहरुमध्ये पहिलो कृति ‘चिठीपत्रमा’ हरिहर खनालका लागि लेखिएका १०१ वटा पत्रहरुको संगालो हो। उक्त संगालोले तत्कालीन समाज, पात्र, चरित्रका साथै हरिहर खनालका बहुआयामिक व्यक्तित्वलाई उजागर गर्ने खनालको तर्क छ।

त्यस्तै दोस्रो कृति हो ‘गोल्डेन ड्रिम्स एन्ड द न्यारो लेन’। दोस्रो किताब खनालका २५ वटा नेपाली कथाको अंग्रेजी अनुवाद हो। यस कृतिका कथाले नेपाली सामाजिक यथार्थवादी प्रवृत्ति आत्मसात गरेको र माक्र्सवादी विचारधारालाई आत्मसात गरेको कुरा डा. जोशीले बताए। उनले नेपाली साहित्यबारे अंग्रेजी एम.ए र एमफिलमा पनि पढाइ हुन थालेका सन्दर्भमा यस्ता सामग्रीहरू सहायक हुने पनि बताए।

काठमाडौँको रत्नराज्य स्कूलमा आयोजित विमोचन कार्यक्रममा हरिहर खनालले आफ्ना दुई पुस्तकले नेपाली साहित्य क्षेत्रमा हुने फरक प्रयासमा योगदान पुर्‍याउन सक्ने आशा व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell