PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्व जुनियर पौडी च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

विश्व जुनियर पौडी च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने
फोटो : राखेप

काठमाडौं : अमेरिकामा हुने छैटौं विश्व जुनियर पौडी च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

अगष्ट २३ देखि २८ तारिखसम्म इन्डियानामा हुने प्रतियोगिताका नेपालबाट युगेन शेर्पा, एलेक्जन्डर शाह, गौरव महर्जन, वेदाज्ञराज जोशी, टीसा शाक्य, अक्शरा सिंह र ओसिना भारतीले विभिन स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्।

पौडी च्याम्पियनसिप खेल्न नेपालका ७ खेलाडीसहित १० सदस्यीय टोली आइतबार अमेरिकाको इन्डियाना प्रस्थान गरेका छन्।

टोलीको सेभ दि मिसनमा नेपाल पौडी संघका सदस्य सागर शाक्य, व्यवस्थापकमा पौडी संघका सह–कोषाध्यक्ष नाजिरउद्दिन मुस्लिम र प्रशिक्षकमा शंकर कार्की रहेका छन्।

अमेरिका जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बिदाइ गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell