PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

स्पेनको प्रहरी भन्छ–बार्सिलोना आक्रमणमा सम्लग्नको खोजी जारी छ



रासस

स्पेनको प्रहरी भन्छ–बार्सिलोना आक्रमणमा सम्लग्नको खोजी जारी छ
फोटो श्रोतः .nydailynews.com

बार्सिलोना :  स्पेनको प्रहरीले बार्सिलोना र क्याम्ब्रिल्समा बिहीवार हमला गराएका जिहादी समूहका तीनजना सदस्यको खोजी भइरहेको जनाएको छ। 

अधिकारीहरूका अनुसार खोजी भइरहेका तीनजनामा प्रसिद्ध पर्यटकीय गन्तव्य लस क्याम्ब्रिलसमा भ्यान जोताउने युनिस अबुयाकुब पनि रहेका छन्। 

यसअघि अधिकारीहरूले आक्रमणको मुख्य संदिग्ध मूसा ओकाबिर भएको र उनी मारिएको बताइसकेको छ। स्पेनमा भएका दुई छुट्टाछुट्टै आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। घटनामा करिब १०० जना घाइते भएका स्पेनी नागरिक सुरक्षा मामिला हेर्ने सरकारी निकायले जनाएका छन्। 

उक्त संस्थाका अनुसार घटनामा मृत्यु हुने तथा घाइते हुनेमा विभिन्न ३४ देशका नागरिक छन्। घटनामा फ्रान्स, पाकिस्तान, स्पेन, नेदरल्याण्ड, चीन, भेनेजुयला, मौरीटानिया, अष्ट्रेलिया, बेलायत, आएरल्याण्ड, बेल्जियम, पोर्चुगल, अष्ट्रेलिया, ग्रीस, हङ्गेरी, मेसेडोनिया, अष्ट्रिया, टर्कीलगायतका देशमा नागरिक परेका जनाइएको छन्। 

आक्रमणपछि केही सामान्य उपचारपछि घर फर्केका छन् भने ५९ जनाको उपचार भइरहेको र उनीहरूमध्ये १५ जनाको स्थिति गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। 

मारिएका सातजनामध्ये पाँचजना स्पेनका नागरिक रहेको तथा इटली र पोर्चुगलका एकएकजना भएको पुष्टी भएको बताइएको छ। रासस/एपी/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell