PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'महाकाली' का इन्द्र र नन्दीको कार दुर्घटनामा मृत्यु



'महाकाली' का इन्द्र र नन्दीको कार दुर्घटनामा मृत्यु

धार्मिक टिभी शो 'महाकाली : अन्त ही आरम्भ है' का दुई कलाकार गगन कंग र अर्जित लवानियाको शनिबार कार दुर्घटनामा मृत्यु भएको छ। 

लाइभ हिन्दुस्तानका अनुसार उमरगाउँमा सुटिङ सकाएर मुम्बई फर्किरहेका बेला मुम्बई- अहमदावाद हाइवेमा उनीहरु चढेको कार एउटा कन्टेनरसँग ठोक्किएर दुर्घटना भएको थियो। 

दुई कलाकारसँगै कारमा गगनका सहायक पनि थिए। दुर्घटनाका कारण तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ। 

गगन यो शोमा भगवान इन्द्रको भूमिकामा थिए। त्यसैगरी अर्जित नन्दीको भूमिकामा थिए। हिजोदेखि लगातार सुटिङ गरेर आज शनिबार बिहान प्याकअप गरी मुम्बई फर्किरहेका बेला दुर्घटना भएको थियो। 

दुर्घटना भएको बेला गगनले कार चलाइरहेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell