PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

कतारमा मिस विश्वकर्मा हुने, आठ सुन्दरी छानिइन्



कतारमा मिस विश्वकर्मा हुने, आठ सुन्दरी छानिइन्

काठमाडौँ : कतारमा पहिलो पटक मिस विश्वकर्मा सौन्दर्य प्रतियोगिता हुने भएको छ। गएको बिहीबार राजधानीमा भएको सेमिफाइनलमा १७ प्रतियोगिताबाट फाइनलका लागि ८ जना प्रतियोगी छानिएका छन्।

फाइनल आउँदो ८ सेप्टेम्बरमा कतारमा हुने आयोजकले जनाएको छ। 

छानिनेमा निलम गजमेर, सुजाता खाती, सोनु विश्वकर्मा, सुशिला लाम्घारे, पुष्पा राम्धाम, रुस्मा पर्टेल, मनिषा गज्मेर र सिर्जना विश्वकर्मा रहेका छन्।

मिस नेपाल २००५सुगरिका केसी, संगीतकार राम सिटौला, नायिका, सुभेच्छा थापा, मोडल दिवस उप्रेती, मोडल दिपक घिमिरे, मिडियाकर्मी शिरोमणि दवाडी र कृष्ण भट्टराई निर्णायक रहेका थिए।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell