PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

साफ यू-१५ च्याम्पियनसिप : माल्दिभ्सको पोष्टमा भारतको ९ गोल



पहिलोपोस्ट

साफ यू-१५ च्याम्पियनसिप : माल्दिभ्सको पोष्टमा भारतको ९ गोल
फोटो : एन्फा

काठमाडौं : साफ यू-१५ च्याम्पियनसिपमा शनिबार भएको खेलमा भारतले माल्दिऐसलाज्ञ ९-० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह बी को खेलमा भारतका लागि रवी बहादुर रानाले ह्याट्रिक गरे। यस्तै तोइबा सिंह, कप्तान विक्रम प्रताप सिंह, रिक्की जोन सावोङ र लालरोकिमाले एक-एक गोल गरे।

माल्दिभ्सका मोहम्मद फैहाम इमरानले दुई आत्मघाती गोल गरे।

प्रतियोगिता अन्तर्गत आइतबार समूह ए मा रहेका भुटान र श्रीलंकाबीच खेल हुनेछ। पहिलो खेलमा श्रीलंका बंगलादेशसँग पराजित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell