PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पञ्चेबाजामा सौगात मल्ल भिलेन



पहिलोपोस्ट

पञ्चेबाजामा सौगात मल्ल भिलेन

काठमाडौं: फिल्म 'पञ्चेबाजा'मा अभिनेता सौगात मल्ल भिलेनको भूमिका निर्वाहा गर्दैछन्। फिल्म निर्माण युनिटकातर्फबाट घनश्याम लामिछानेले फिल्ममा सौगातको भूमिका बारे प्रस्ट पारेका हुन्।

पञ्चेबाजाको विहिबार ‍औपचारिक घोषणा सहित शुभमुर्हत पनि गरिएको हो। राजधानीको कमलादीस्थित गणेश मन्दीरमा पुजा गरि फिल्म युनिट छायाँकनकव लागि फ्लोरमा उत्रिएको हो। घनश्याम लामिछानेको निर्देशनमा फिल्म बन्दैछ। गाउँको परिवेशलाई आधार बनाइएको कथामाथी बन्ने फिल्ममा सौगात मल्लसँगै कर्मा, सृजना सुब्बा र जस्मिन श्रेष्ठको मुख्य भूमिका रहने बताइएको छ।

न्यू भेनस फिल्मसको ब्यानरमा बन्ने फिल्मलाई राजेश शाहीले निर्माण गर्नेछन्। त्यस्तै प्रदीप भारद्वाजको कथा/पटकथा/संवाद रहेको छ भने कालिप्रसाद बाँस्कोटा/विकास चौधरीको संगीत रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell