PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सूचना प्रविधिको विकास गर्न सके कुल ग्राहस्थ उत्पादन बढाउन सकिने : मन्त्री बस्नेत



पहिलोपोस्ट

सूचना प्रविधिको विकास गर्न सके कुल ग्राहस्थ उत्पादन बढाउन सकिने : मन्त्री बस्नेत

काठमाडौं : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालले सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने प्रयास गरिरहेको बताउँदै सूचना प्रविधिलाई अत्याधिक प्रयोग बढाउनुपर्नेमा जोड दिए।

लिभिङ विथ आइसिटीले आयोजना गरेको दोस्रो संस्करणको नेटिस आइसिटी अवार्ड २०१७ कार्यक्रममा उनले सूचना प्रविधिको विकास गर्न सके मुलुकको कुल ग्राहस्थ उत्पादनमा वृद्धि गर्न सकिने बताए।

उनले सही ढंगबाट सूचना प्रविधिको प्रयोग बढाउन सके मुलुकको आर्थिक समृद्धि गर्न सकिने धारणा समेत राखे। नेपाल सरकारले पछिल्लो समयमा आइसिटीलाई उच्च प्राथमिकतामा राखेर नीति र कार्यक्रम ल्याएको उनको भनाइ छ।

बिहिबार राजधानीको होटल याक एन्ड यतिमा आयोजित विशेष अवार्ड समारोहको अवसरमा मन्त्री बस्नेतले विभिन्न स्पर्धाका विजेतालाई सम्मान गरे।

सो अवसरमा मन्त्री बस्नेतले यस्ता कार्यक्रमले सूचना प्रविधिको क्षेत्रमा काम गर्नेलाई प्रोत्साहन गर्ने समेत बताए।

अवार्ड समारोहमा उद्योग मन्त्रालयका सचिव शंकर कोइरालाले सूचना प्रविधिलाई उद्योगको रुपमा लैजान सरकारले तयारी गरेको जानकारी दिदै नयाँ बन्न लागेको औद्योगिक नीतिमा आइसिटीलाई पनि उद्योगको रुपमा स्वीकारेर यससम्बन्धी नीति र व्यवस्था गर्न लागेको जानकारी दिए।

कार्यक्रममा सरकारी प्रतिनिधि, विभिन्न कम्पनी, शिक्षण संस्थालगायतको उपस्थिति रहेको थियो।

३ कम्पनीलाई उत्कृष्ट आइसिटी स्टार्टअप अवार्ड

अवार्ड समारोहमा विभिन्न ३ आइटी कम्पनीलाई उत्कृष्ट आइसिटी स्टार्टअपको अवार्ड प्रदान गरियो। अवार्ड पाउनेमा बसोबास नेपाल प्रालि, पाइला टेक्नोलोजी प्रालि र जेफ्टवेयर सोलुसन्स प्रालि रहेका छन्।  


३ प्रडक्टलाई उत्कृस्ट आइसिटी प्रडक्टको अवार्ड

त्यसैगरी यस संस्करणको बेस्ट आइसिटी इन्नोभेटिभ अवार्डबाट पाइला टेक्नोलोजीले विकास गरेको परी रोबोट, आइटेक नेपालले विकास गरेको एभरेस्ट कास्ट र सिमान्टेक क्रिएसनले विकास गरेको नेपाल भिआरलाई प्रदान गरियो।


आइसिटी पायोनियर अवार्ड सुरेशकुमार रेग्मीलाई

मन्त्री बस्नेतले करिब ४० वर्षदेखि नेपालको आइसिटी क्षेत्रमा क्रियाशील उद्यमी सुरेशकुमार रेग्मीलाई यस संस्करणको आइसिटी पायोनियर अवार्ड प्रदान गरे। रेग्मी आइटी कम्पनी प्रोफेसनल कम्प्युटर सिस्टमका संस्थापक एवं प्रबन्ध निर्देशक हुन् भने विभिन्न संघसंस्थामा रहेर काम गरिरहेका छन्।

किरणभक्त जोशीलाई आइसिटी डायस्पोरा अवार्ड

हलिउड उद्योगमा लामो समयदेखि एनिमेशन प्रविधिमा काम गरिरहेका नेपाली किरणभक्त जोशीलाई यस संस्करणको आइीसटी डायस्पोरा अवार्ड प्रदान गरिएको छ। उनी राजधानीस्थित एनिमेशन स्टुडियो इन्सेसान्ट रेन स्टुडियाका संस्थापकसमेत हुन्।

 

५ आइसिटी पत्रकारलाई आइसिटी विशेष पत्रकारिता सम्मान

पत्रकारितामार्फत आइसिटी क्षेत्रको विकासमा योगदान दिइरहेका ५ आइसिटी पत्रकारलाई पनि सो अवसरमा मन्त्री बस्नेतले सम्मान गरे। सम्मानित हुनेमा कारोबार दैनिककी सरस्वती ढकाल, गोरखापत्र दैनिकका विश्वास रेग्मी, नयाँ पत्रिका दैनिकका कृष्ण रिजाल, नागरिक दैनिकका विष्णु पौडेल र लिभिङ विथ आइसिटीका शिव बस्नेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell