PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतको महाराष्ट्रमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या



पहिलोपोस्ट

भारतको महाराष्ट्रमा आठ दिनमा ३४ कृषकद्वारा आत्महत्या

नयाँदिल्ली: भारतको पश्चिमी महाराष्ट्र राज्यमा मात्रै गत आठ दिनको अवधिमा कम्तीमा ३४ जना कृषकहरूले आत्महत्या गरेका छन्।

राज्यका आठ जिल्लाका स्थानीय अधिकारीहरूले सङ्कलन गरेको विवरणमा यस्तो देखिएको भारतीय सरकारद्वारा सञ्चालित अल इन्डिया रेडियोले बिहीबार जनाएको छ।

अगस्ट ६ देखि १३ सम्मको अवधिमा उनीहरूले आत्महत्या गरेको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन्।

वर्षाको समयमा पनि औषतभन्दा कम वर्षा भएकोले बालीको उब्जनी कम हुने भन्दै कृषक चिन्तामा रहेको उनीहरूको भनाइ छ। किसानले कृषि ऋण र क्षतिपूर्ति मागिरहेका थिए।

सन् २०१७ को सुरुदेखि अहिलेसम्म महाराष्ट्र राज्यभर झण्डै ५८० भन्दा बढी किसानले आत्महत्या गरेको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

गत हप्ता भारतको आर्थिक राजधानी मुम्वईमा किसानले बृहत् प्रदर्शन गरेका थिए। उनीहरूले सरकारी जागिर र शैक्षिक संस्थामा कृषकका लागि छुट्टै कोटाको व्यवस्था गर्न पनि माग गरेका थिए।

प्रदर्शनकारीले आफुहरूको ऋण मिनाह गर्ने सूचीमा राखिदिन पनि सरकारी पक्षसँग आग्रह गरेका छन्।

महाराष्ट्र राज्यमा माराठा समुदायको एकतिहाई जनसङ्ख्या रहेको र उनीहरु अधिकांश कृषि पेशामा आवद्ध छन्। भारतमा पछिल्ला केही समय कृषिका लागि प्रतिकूल मौसम भएकाले कृषक पीडित भएका हुन्। कहिले सुख्खा हुने त कहिले अत्याधिक वर्षा भएर बाढीको असर पर्ने गरेको छ।

जलवायु परिवर्तनका कारण गत तीन वर्षको अवधिमा भारतमा ५९ हजारभन्दा बढी जनाले आत्महत्या गरेको गत हप्ता सार्वजनिक भएको क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनले देखाएको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell