PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच घम्साघम्सी



रासस

लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच घम्साघम्सी
फोटो श्रोतः cnbc.com

श्रीनगर : एक महिना भन्दा लामो समयदेखि विवाद देखिएको भारत र चिनियाँ सीमा क्षेत्रमा बुधबार दुई देशका सेनाबीच सामान्य झडप भएको छ। 

उच्च हिमाली क्षेत्रमा यस्तो झडप भएको खुल्न आएको एकजना भारतीय रक्षा अधिकारीले जानकारी दिएका छन्। तर सो झडप सामान्य भएको र छोटो समयमा नै नियन्त्रणमा आएको पनि ती अधिकारीले जानकारी गराएका छन्। 

ती अधिकाका अनुसार चिनियाँ सेनाले उच्च हिमाली क्षेत्रमा गस्तीमा रहेका भारतीय सीमा क्षेत्रतर्फका भारतीय सेनामाथि ढुङ्गा प्रहार गरेका थिए। 

पेङ्गोङ् ताल नजिकै रहेका भनिएका भारतीय सैनिकतर्फ लक्षित गरी चिनियाँ सेनाले ढुङ्गा प्रहार गरेको ती अधिकारीले जनाएका छन्। 

उक्त सीमा क्षेत्रमा रहेको हिमालय क्षेत्र लद्दाख, पर्यटकीय आकर्षक मानिएको छ। सोही क्षेत्रमा भारतीय सीमा सुरक्षा बल रहेको छ। 

भारतीय बलतर्फ लक्षित गरी चिनियाँ सेनाले केही समयसम्म ढुङ्गा प्रहार गरेको र भारतीय सीमा क्षेत्रतर्फ प्रवेश गर्ने प्रयास पनि गरेको आरोप ती भारतीय अधिकारीले लगाएका छन्। 

‘यो एउटा सामान्य झडप हो यसबाट कतैतर्फ कुनै क्षति भएको छैन र छोटै समयमा घटना नियन्त्रणमा आइसकेको छ’ आफ्नो नाम नबताउने शर्तमा ती भारतीय रक्षा अधिकारीले एएफपी समाचार समितिलाई बताए। 

घटनापछि भारतीय र चिनियाँ सेना पनि आ आफ्नो ‘ड्युटी’ मा खटिसकेका उनले बताए। उक्त विवादास्पद क्षेत्रमा दुई देशका सेनाको उपस्थितिले केही समय यतादेखि विवाद उत्पन्न हुँदै आएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell