PahiloPost

May 15, 2024 | २ जेठ २०८१

डुबान प्रभावित क्षेत्रका लागि वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु



रासस

डुबान प्रभावित क्षेत्रका लागि वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी सुरु

पर्सा : मध्य तराईका डुबान प्रभावित क्षेत्रका बासिन्दाका लागि राहत उपलब्ध गराउन वीरगञ्जबाट हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी गर्न थालिएको छ। 

मध्य तराईका डुबान प्रभावित तीन जिल्लाका बाढीपीडितका लागि मंगलबार वीरगञ्जबाट– ९ हजार किलो राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्लास्थित दैवीकप्रकोप उद्धार समितिले वीरगञ्जबाट संकलन गरेको राहत सामग्रीलाई हेलिकप्टरबाट ढुवानी गरी पर्सा, रौतहट र सर्लाही जिल्लाका बाढीपीडितसम्म पुर्याएको हो। 

एक सातादेखि ढुवानको समस्या खेपिरहेकामध्ये तराईका बाढिपीडितलाई राहत सामग्री चाडो भन्दा चाडो उपलब्ध गराउने सरकारको निर्देशनअनुसार वीरगञ्जलाई आधार बनाइ संकलित राहत तथा उद्धार सामग्रीलाई प्रभावित क्षेत्रसम्म पुर्याउन तीनवटा हेलिकप्टरको प्रयोग गरिएको छ। 

बाढीपीडितकालागि वीरगंजबाट संकलित दाल, चामल, खानेपानी, चिउरा, चाउचाउ, दालमोठ, भुजिया, पाल र खाना पकाउने भाँडा गरी नौ हजार किलो सामग्री बाढी प्रभावित क्षेत्रमा पुर्याएको सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले जानकारी दिए। 

उनले वीरगंजको बरख गणमा रहेको हेलिप्याडबाट बुधबार राहत सामग्री राखी तीन वटा हेलिकप्टरले नौ पटक उडान भरेको जानकारी दिए। 

ती राहत सामग्री पर्साको ठोरी, रौतहटको समानपुर, मौलापुर र सर्लाहीको खैराहवा र छनौटामा पुर्याइएको छ। 

दैवी प्रकोप उद्धार समितिले वीरगञ्जबाट २५ हजार किलो राहत सामाग्री संकलन गरेकामा नौं हजार किलो सामग्री पुर्याए पनि बाँकिरहेका १६ हजार किलोराहत सामग्री आज बिहानैबाट आवश्यक स्थानमा पुर्याइने सहायक प्रजिअ पौडेलले बताए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell