PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

आज भारतको ७० औं स्वतन्त्रता दिवस, विरोधी शक्तिकाविरुद्ध लड्न भारत सक्षम रहेको प्रधानमन्त्री मोदीको भनाइ



रासस

आज भारतको ७० औं स्वतन्त्रता दिवस, विरोधी शक्तिकाविरुद्ध लड्न भारत सक्षम रहेको प्रधानमन्त्री मोदीको भनाइ

नयाँदिल्ली :  भारतमा विशेष कार्यक्रमका साथ मङ्गलबार ७० औँ स्वतन्त्रता दिवस मनाइएको छ। 

स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लामा सम्बोधन गरेका छन्। स्वतन्त्रता दिवस मनाउन लाल किल्लामा हजारौँ भारतीय नागरिक जम्मा भएका थिए। 

उनीहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतको प्रमुख प्राथमिकता सुरक्षा भएको बताए। उनले नागरिकको सुरक्षाका लागि वर्तमान सरकार सबैभन्दा बढी चिन्तित रहेको बताए। 

मोदीले भारतको विपक्षमा लाग्ने र भारतीय भूमिमा असुरक्षा मच्चाउन प्रयास गर्ने जो सुकै विदेशी होस वा स्वदेशीलाई पनि भारतले नछोड्ने चेतावनी दिए। त्यस्तो शक्तिका विरुद्धमा लडन् भारत पूरै सक्षम रहेको उनले बताए। 

भारतका मिडियाहरुले चीन र भारतका बीचमा पछिल्लो समयमा सीमा क्षेत्रमा तनाव बढिरहेको भनिएका बेला मोदीको यो अभिव्यक्ति आएको भनी टिप्पणी गरेका छन् । 

सम्बोधनका क्रममा मोदीले भनेका छन्,‘समुद्र होस वा सीमा, साइबर होस वा अन्तरिक्ष जुनसुकै हिसाबले पनि हामी सक्षम छौँ र जुनसुकैका विरुद्धमा पनि हामी लडन् सक्छौँ।’

उनको यस अभिव्यक्तिलाई हाल चीनसँग भएको भनिएको विवादका बीच दिएको र उक्त सम्बोधन चीनतर्फ पन लक्षित रहेको अर्थ लगाएका केही विश्लेषकहरुको दाबी छ। 

पाकिस्तानसँग पनि सन् १९४७ देखि नै भारतको सीमा विवाद रही आएको छ। जसका कारण पाकिस्तानसँग पनि भारतले युद्ध गरिसकेको छ। 

भारतले पाकिस्तानलाई आतङ्ककारीहरु आफ्नो देशतर्फ पठाएको आरोप लगाउने गरेको छ। तर यसलाई पाकिस्तानले भने स्वीकारेको छैन। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell