PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गुडबाई बोल्ट



पहिलोपोस्ट

गुडबाई बोल्ट

सायद उनका फ्यानले त्यो चाहेका थिएनन् बोल्ट स्वयमले पनि त्यो सोचेका थिएनन्। तर सत्यलाई कसैले टार्न सक्दैन। लण्डनमा भएको वर्ल्ड एथलेटिक्स च्याम्पियनमा उसेन बोल्टले स्वर्ण जित्न सकेनन्। सय मिटर दौडमा तेस्रो भए। चार गुणा सय मिटर दौड पूरा गर्न सकेनन्। मैदानमै ढले।

उनै फासटेस्ट स्प्रिन्टर बोल्डले आइतबार लण्डनमा एथ्लेटिक्सलाई गुडबाई गरे अनी उनका फ्यानहरुलाई पनि।

'यो एकदमै दु:खद क्षण हो कि म अब यसबाट टाढँ जाँदैछु।' जमैकन धावकले भने। 'म फ्यानहरुलाई बिदाई गर्दैछु र मेरो इभेन्टलाई पनि।'

आइतबार लण्डनमा भएको वर्ल्ड च्याम्पियनसिपको क्लोजिङ सेरेमोनीमा बोल्टलाई आइएएएफका प्रसिडेन्ट सेबास्टिन कोए र लण्डनका मेयर सदिक खानले ७ नम्वरको ल्याप अंकित फ्रेम प्रदान गरे।

त्यही लेनमा बोल्टले सन् २०१२ को ओलम्पिकमा सय र दुई सय मिटरमा स्वर्ण जितेका थिए।

३० वर्षिय बोल्टले लण्डनमा सय मिटरमा कास्य पदक मात्र जिते।

'म सबैलाई गुडबाई भन्दैछु। म पूरै रोइसकेको थिएँ। त्यसको नजिक थिएँ, तर यो भएन।' बोल्टले भने।

उनले आफ्नो समर्थक कहिल्यै नफेरिएको बताए। लण्डन देखिएका उत्साहित समर्थकलाई उनले ब्रिलियन्ट भने। 'दु:ख छ की म जाँदैछु तर फ्यानको उर्जा गज्जबको छ।'

'फ्यानहरु साँच्चीकै मलाई माया गर्छन् र म त्यसलाई स्विकार गर्छु।'

'यो वर्षको रनिङ बारे मलाई कुनै पश्चाताप छैन। फ्यानले मलाई अझै एक वर्ष दौडेको हेर्न चाहेका थिए।'

'म मेरो फ्यानको लागि यो गर्न चाहन्थे। उनीहरुबिना अहिले मैले जे गरेको छु त्यो गर्न सक्थेन होला। उनीहरुले मलाई उर्जा दिए।'

'मलाई लाग्दैन कि एक प्रतियोगिताले नै मैले गरेका कामलाई परिवर्तन गर्न सक्दैन।' 'मैले सम्झिरहेको सय मिटरको दौड हारेपछि कसैले मलाई भने, 'चिन्ता नगर, मुहम्मद अलीले पनि लास्ट फाइट हारेका थिए।'

उनै बोल्ट अब फेरी ट्रयाक एण्ड फिल्डमा नदेखिने गरी बिदा भएका छन्। तर उनले हात पारेको सफलता र उपलब्धीलाई सायदै कमैले बिर्सेला। सय मिटरमा ९.५८ दुई सय मिटरमा १९.१९ सेकेण्डको विश्व कीर्तिमा बोल्टकै नाममा छ। ओलम्पिककमा सय र दुई मिटरमा लगातार तीन पटक स्वर्ण जिते। चार गुणा सय मिटरमा पनि लगातार तीन ओलम्पिक स्वर्ण नै जितेका थिए। तर साथी खेलाडीले गल्ती गर्दा बोल्टको एक स्वर्ण खोसियो। उनले ओलम्पिकमा ८ र वर्ल्ड च्याम्पियनसिपमा ११ गरी कूल १९ वटा स्वर्ण पदक जितेका छन्।

बोल्ड सन् २००८ मा चीनको बेइजिङमा भएको ओलम्पिकमा बनाएको सय रदुई सय मिटरको विश्व कीर्तिमान कसैलेत तोल्ड सकेका छैनन्।

सन २००४ मा ग्रीसको एथेन्सबाट ओलम्पिकमा डेब्यु गरेका बोल्टले पहिलो पटक दुई मिटरमा दौडमा प्रतिस्पर्धा गरेका थिए। त्यसमा बोल्ट आफ्नो हिटमा पाँचौ भएका थिए। त्यसको अर्को वर्ष फिनल्याण्डको हेलसिन्कीमा भएको वर्ल्ड च्याम्पियनसिपमा बोल्ट दुई मिटर फाइनलमा आठौँ भए।

२००७ मा जापानमा भएको विश्व च्याम्पियनसिपमा बोल्टले दुई सय मिटर र चार गुणा सय मिटर दौडमा प्रतिस्पर्धा गरे। दुवैमा बोल्ट दोस्रो भए।

त्यसको अर्को वर्ष चीनको बेइजिङमा भएको ओलम्पिकबाट बोल्टको असली आगमन भयो। उनले सय मिटर, दुई सय मिटर र चार गुणा सय मिटर दौडमा स्वर्ण जिते। सय र दुई मिटरमा विश्व कीर्तिमान नै तोडे। वर्ल्ड फासटेस्ट म्यान बने।

२००९ मै बर्लिनमा भएको वर्ल्ड च्याम्पियनसिपमा पनि बोल्टले ३ स्वर्ण नै जिते। २००१ मा दक्षिण कोरियामा भएको वर्ल्ड च्याम्पियनसिपमा दुई स्वर्ण जिते। सय मिटरमा भने फल्स स्टार्ट गरेका कारण बोल्ड डिस्क्वालिफाई भए।

त्यसपछि २०१२ कोल लण्डन ओलम्पिक, २०१३ को वर्ल्ड च्याम्पियनसिप, २०१५ को वर्ल्ड च्याम्पियनसि र २०१६ को रियो ओलम्पिकमा बोल्डले प्रतिस्पर्धा गरेका तीन वटै स्पर्धामा स्वर्ण जिते।

२००८ मा बेइजिङमा जितेको चार गुणा सय मिटरको स्वर्ण भने साथी नेस्टा कार्टर प्रतिवन्धमा परेपछि खोसियो।

२००८ यता बोल्ट सय र दुई सय मिटरमा गरी ५ खेलाडीसँग पराजित भएका छन्। २०१२ मा जमैकन नेशनल च्याम्पियनसिपमा सय र दुई मिटरमै बोल्टलाई योहान ब्लेकले पराजित गरे।

लण्डनमा भएकव वर्ल्ड च्याम्पियनसिपमा बोल्ट अमेरिकी खेलाडीद्वय जस्टिन ग्याटलिन र क्रिस्टियन कोलमनसँग पराजित भए।

सन् २००८ मा जमैकन आसावा पावेल र २०१० मा अमेरिकी टाइसन गेसँग बोल्ट सय मिटरमा पराजित भएका थिए।

बोल्ट जति खेलाडीसँग पराजित भएपनि विश्व एथलेटिक्सले बोल्टलाई लेजेण्ड्री खेलाडीको रुपमा पाएको तथ्य कसैले नकार्न सक्दैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell