PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अर्चना थापाको 'कठपुतला'को लोकार्पण सम्पन्न



पहिलोपोस्ट

अर्चना थापाको 'कठपुतला'को लोकार्पण सम्पन्न

काठमाडौं: अर्चना थापाको कथा संग्रह 'कठपुतला' सार्वजनिक भएको छ। सोमबार काठमाडौंको शिल्पी थिएटरमा कार्यक्रम आयोजना गरी कथा संग्रह विमोचन गरिएको हो। किताब विमोचनसँगै किताबमाथी परिचर्चा समेत गरिएको थियो। डाक्टर अभी सुबेदी, लेखक नयनराज पाण्डे र यशोदा तिमिल्सिनाको आतिथ्यमा अर्चना थापाले आफ्नो पुस्तक लोकार्पण गरेकी हुन्।

किताबमाथी तीन अतिथिले आफ्नो धारणा व्यक्त गरे। डाक्टर अभी सुबेदीले अर्चनाको किताबलाई नेपाली कथा लेखनको सिफ्टको संज्ञा दिए। भने,'साइन्स फिक्शनको ज्ञान त्यसको प्रयोग सशक्त छ। कथा लेखनको नयाँ आयाम हो यो किताब।'

यशोदा तिम्सिनाका अनुसार कठपुतला महिलाको बारेमा महिलाले नै लेखेको उत्कृष्ट किताब हो। शिर्ष कथा कठपुतला बारे भनिन्,'कठपुतला विज्ञानमा निर्भर मान्छेको सजिव चित्रण हो।'

लेखक नयनराज पाण्डेले हरेक पाठकको कथाको बुझाइ फरक हुने प्रस्ट पार्दै भने,'जुनसुकै कथा पनि मस्तिष्कको ढोका खोलेर पढ्नु पर्छ। मस्तिष्क खोलेर पढ्दा अर्चना थापाको कथा परम्परागत कथाहरुभन्दा फरक शैली, फरक विषय र फरक वस्तुको बिबिधता हो।' पाण्डेले किताबमा प्रयोग कल्पनाशिलता, अध्ययन, धारणा र साहित्यप्रतिको दृष्टिकोण परिपक्व रहेको बताए।

अक्षर क्रियशन्सले प्रकाशन गरेको किताबको मूल्य ३५० तोकिएको छ। किताबमा ८ कथा समावेश छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell