PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राहत र उद्दारका लागि एमालेले खटायो आफ्ना भातृ संगठन,  कुन संगठन कहाँ ?  



पहिलोपोस्ट

राहत र उद्दारका लागि एमालेले खटायो आफ्ना भातृ संगठन,  कुन संगठन कहाँ ?  

काठमाडौंः नेकपा एमालेले आफ्ना सम्पूर्ण भातृ संगठनलार्इ बाढी पीडितको उद्धार तथा राहत वितरणका लागि प्रभावित क्षेत्रमा जान निर्देशन दिएको छ। 

एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा आज बसेको बैठकले जिल्ला कमिटी, जनसंगठनका स्थानीय कमिटीहरु, रेडक्रसलगायतका विभिन्न सामाजिक संघ, संस्थाहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रशासनलगायतसँग समन्वय गरी तत्कालै उद्धार र राहत कार्यमा जुट्न पार्टीका सम्पूर्ण भातृ जनसंगठन र सदस्यहरुलाई निर्देशन दिएको हो। 

राज्यको सम्पूर्ण शक्ति पीडितहरुको उद्धार, राहत तथा पुनःव्यवस्थापनमा लगाउन बैठकले सरकारसमक्ष माग गर्दै विभिन्न जिल्लामा राहत र उद्धारको काममा समन्वय गर्न पार्टीका संगठनहरुलाई निम्न जिल्लाको जिम्मेवारी दिइएको छः

सप्तरी – युवासंघ नेपाल र भूमिहीन सुकुम्वासी संगठन
सिरहा – अनेरास्ववियु
धनुषा – अखिल नेपाल महिला संघ 
महोत्तरी – लोकतान्त्रिक मधेसी संगठन र लोकतान्त्रिक आदिवासी जनजाति महासंघ
सर्लाही – अखिल नेपाल किसान महासंघ 
रौतहट – नेपाल बुद्धिजीवी परिषद् र मानवअधिकार एलाइन्स 
बारा – खेलकूद महासंघ 
पर्सा – नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
झापा – जनसांस्कृति महासंघ र मुक्ति समाज 
मोरङ – पेसागत महासंघ, नेपाल
सुनसरी – उद्योग व्यवसायी महासंघ र प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन
बर्दिया – भूपू सैनिक संगठन 
बाँके – मानवअधिकार एलान्यस 
कपिलवस्तु - मुस्मिल इत्तेहाद संगठन र लोकतान्त्रिक अपाङ्ग संघ

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell