PahiloPost

May 13, 2024 | ३१ बैशाख २०८१

यु-१९ एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक टोली घोषणा



पहिलोपोस्ट

यु-१९ एसिया कप क्रिकेट छनोटका लागि प्रारम्भिक टोली घोषणा
फाइल फोटो

काठमाडौं : एसीसी यू-१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको लागि प्रारम्भिक चरणमा २८ खेलाडी छनोट गरिएको छ।

नेपाली सिनियर क्रिकेट टिमका प्रशिक्षक जगत टमाटा र यू-१९ टिमका प्रशिक्षक विनोद दासको टोलीले २८ खेलाडी पहिलो चरणमा छानेका हुन्।

आगामी सेप्टेम्वर ७ देखि १७ सम्म मलेसियामा हुने प्रतियोगितामा आइसीसी यू-१९ वर्ल्ड कप क्वालिफायरमा रहेका १४ र चार वैकल्पिक खेलाडीसहित अन्य खेलाडी छनोट भएका छन्।

पिहलो चरणमा छानिएका खेलाडीहरुको क्याम्प यही आउँदो शुक्रबारबाट सुरु हुने नेपाली ६मका टेक्निकल एनालिस्ट रमन शिवाकोटीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

यस प्रतियोगितामा कूल ८ टिमको सहभागिता रहनेछ र शीर्ष दुई स्थानमा रहने टीम यू-१९ एसिया कपको लागि छनोट हुने त्यसैले यसलाई युथ एसिया कपको छनोट पनि भनिएको हो।

नोभेम्वर पहिलो साता भारत हुने एसीसी यू-१९ क्रिकेटमा इस्टर्न र वेष्टर्न रिजनबाट समान २-२ टिम छनोट हुनेछन्। एसिया कपमा कूल ८ टिमको सहभागिता हुनेछ भने एसियाका ४ टेष्ट प्लेइङ नेशनका टिम सिधै एसिया कपका लागि छनोट हुनेछन्।

 

प्रारम्भिक चरणमा छानिएका खेलाडी

सन्दीप लामिछाने,अनिल कुमार शाह, सन्दीप सुनार, दीपेन्द्र सिंह ऐरी, ललित नारायण राजवंशी, प्रकाश केसी, पवन सराफ, रोहित कमुर पौडेल, रिजन ढकाल, प्रनित थापा मगर, शहाब आलम, आदिल खान, मोहम्मद आसिफ शेख, किशोर महतो, विक्रम कुमार भुसाल, सन्दीप जोरा, रसिद खान, सुशान्त सिंह थापा, नन्दन यादव, कमल सिंह ऐरी, सुमित महर्जन, जितेन्द्र सिंह ठकुरी, मिनास थपा, अंकित सुवेदी, हरी चौहान, अभिनास कर्ण, भिम शार्की, रविन्द्र जंग शाही



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell