PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राप्रपा विवादः राणा पक्षद्वारा आयोगसँग १० दिनको समय माग, थप सनाखत गर्नु नपर्ने जिकिर 



पहिलोपोस्ट

राप्रपा विवादः राणा पक्षद्वारा आयोगसँग १० दिनको समय माग, थप सनाखत गर्नु नपर्ने जिकिर 

काठमाडौः राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा (प्रजातान्त्रिक)ले साउन २२ गते नै आयोगका पदाधिकारी अगाडि सनाखत भइसकेकाले अव थप सनाखत गर्नु नपर्ने जवाफसहितको पत्र आयोगलाई बुझाएको छ। 

यसअघि नै सनाखत भइसकेकाले थप सनाखत गर्नु नपर्ने पत्र आयोगमा बुझाएको  केन्द्रीय सदस्य बाबुराम बस्नेतले बताए। 

साउन २२ गते दल दर्ताका लागि निवेदन दिएको पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक)लाई आयोगले सनाखतका लागि आज बोलाएको थियो। 

राप्रपाबाट विभाजित भएर निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको राप्रपा (प्रजातान्त्रिक)ले आफूसँग थप १० केन्द्रीय सदस्य रहेको भन्दै १० दिनको समय माग गरेको छ। 

केन्द्रीय सदस्य वस्नेतले देशमा बाढी पहिरोलगायतका विपत्ति भएकाले थप १० दिनको समय मागेको बताए।आयोगले राप्रपा (प्रजातान्त्रिक)लाई आइतबार बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्मको समय तोकेको थियो। 

राप्रपा प्रजातान्त्रिकले दर्ता प्रमाणपत्र पाउन निर्वाचन आयोगमा कायम रहेका केन्द्रीय समितिको ४० प्रतिशत र संसदीय दलको पनि ४० प्रतिशत सदस्य पुर्या उनुपर्ने हुन्छ। 

निर्वाचन आयोगमा राप्रपाको महाधिवेशनपछि एकसय १९ सदस्यीय केन्द्रीय समिति अभिलेख गरिएको थियो। पछि असार २८ गतेको पत्राचारबाट मनोनित गरेका ४२ सदस्यसहित राप्रपाको केन्द्रीय समिति १६१ सदस्यीय भएको थियो।

राप्रपाले निर्वाचन आयोगमा साउन ३ गते पाँच जनालाई केन्द्रीय समितिबाट हटाएपछि राप्रपा केन्द्रीय समितिमा एक सय ५६ सदस्य रहेको आयोगमा अभिलेख छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell