PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पारस र मेहबुब सम्मिलित टिमको पहिलो जित



पहिलोपोस्ट

पारस र मेहबुब सम्मिलित टिमको पहिलो जित
फाइल फोटो

काठमाडौं : नेपालका दुई राष्ट्रिय क्रिकेट पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार्सले सिंगापुरमा भइरहेको पाँचौ एसीसी टी-२० टुनामेन्टमा पहिलो जित हात पारेको छ। शनिबार भएको समूह बी को दोस्रो खेलमा सिंगापुर इमर्जिङ स्टार्सले अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लबलाई डिएल मेथडमा २९ रनले पराजित गरेको हो।

शुक्रबार भएको पहिलो खेलमा सिंगापुर स्टार्स सिंघालेस स्पोर्टस् क्लबसँग डिलएल मेथडका आधारमा १६६ रनले पराजित भएको थियो।

सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर स्टार्लसे दश ओभरको खेलमा ४ विकेट गुमाउँदै ७४ रन बनाएको थियो।

सिंगापुर स्टार्सका लागि क्षितिज सिन्दे र चेतन सुर्यवैशलीले नटआउट रहदै समान २१ रन बनाए। नेपाली कप्तान पारस खड्काले १७ तथा चमिन्दा रुवनाले १२ रन जोडे। पहिलो खेलमा ओपनिङ गरेका मेहबुबले मेलवर्न विरुद्ध भने ब्याटिङ गरेनन्।

मेलवर्न क्रिकेट क्लबका लागि मेयरिक बुचानान र विलसन म्याकगिलीभरीले २-२ विकेट लिए।

जवाफमा मेलवर्न क्रिकेट क्लब ८.२ ओभरमा सबै विकेट गुमाएर ६० रन माब बनाउन सक्यो। उसलाई अलआउट गर्न सिंगापुर स्टार्सका लागि अनन्थ कृष्णले सर्वाधिक ३ विकेट लिए। नेपाली खेलाडी पारसले २ तथा मेहबुबले १ विकेट झारे। पारसले २ ओभर बलिङ गर्दा ६ रन मात्र दिए।  

समूह चरणको अन्तिम खेलमा सिंगापुर स्टार्सले आजै हङकङको क्वोलुन क्रिकेट क्लबसँग खेलिरहेको छ। समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell