PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

फोटोमा हेर्नुस यसरी दही (सगुन) खाँदै हिरासतमुक्त भए चुडामणि शर्मा

फोटोमा हेर्नुस यसरी दही (सगुन) खाँदै हिरासतमुक्त भए चुडामणि शर्मा


काठमाडौं : झरीले कुसमयमै साँझ झै बनाएको थियो। घडीले साँझको ५:२० संकेत गरे पनि अन्य दिनभन्दा कम उज्यालो थियो। स्थान : महानगरीय प्रहरी प्रहरी परिसर टेकु। यहीँबाट छुट्दै थिए भ्रष्टाचार अरोपमा समातिएका चुडामणि शर्मा।
 
महानगरीय परिसरमा कागजपत्र बुझाउने प्रकृया पूरा गरिरहँदा उनको स्वागतमा जुटिसकेको थियो – शर्मा परिवार। देशकै ठूलो भ्रष्टाचार काण्डका अभियुक्त शर्मालाई दही (सगुन) खुवाउँदै परिवारले स्वागत गर्‍यो।
 
३ अर्ब दुई करोड बिगो दावी गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्दा शर्मा देशकै सबैभन्दा ठूलो भ्रष्टाचार काण्डमा मुछिएका थिए।

अख्तियारको थुनादेखि विशेष अदालत हुँदै सर्वोच्चमा नाटकीय रुपमा पुगेको उनको मुद्दामा आज सर्वोच्च अदालतले आदेश सुनाएको थियो।  
निधारभरि चन्दन र तिलक लगाएर सर्वोच्च पुगेका शर्मा दही खाएपछि घर फर्किए।

दर्जनभन्दा बढी मानिस उनलाई लिन पुगेका थिए। त्यहाँ पुगेकाहरु उनको रिहाईको सन्देश चर्का स्वरमा आफन्तहरुलाई सुनाउँदै थिए। सुनाउनेमध्येकै एक युवती चर्को स्वरमा भन्दै थिइन्, 'भिनाजु जेलबाट छुट्नुभयो।'


ट्रेन्डिङ पोस्ट

Ncell