PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारीबीच वार्ता



रासस

उत्तर कोरियाबारे दक्षिण कोरिया र अमेरिकी उच्च सुरक्षा अधिकारीबीच वार्ता

सोल  : उत्तर कोरियाको विषयलाई लिएर दक्षिण कोरिया र अमेरिकाका उच्च सुरक्षा अधिकारीबीच शुक्रबार फोनवार्ता भएको छ। 

प्राप्त समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका सुरक्षा सल्लाहकार र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा सल्लाहकारबीच फोनवार्ता भएको हो। 

उनीहरुबीच शुक्रबार फोनवार्ता भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसलाई उद्धृतगर्दै सोलबाट प्राप्त समाचारमा जनाइएको छ। 

दक्षिण कोरियाली राष्ट्रपतिका सुरक्षा सल्लाहकार चुन यि योङले उनका अमेरिकी समकक्षी एचआर म्याकमास्टरसँग फोनवार्ता गरेका बताइएको छ।

उनीहरुबीच करिब ४० मिनेटसम्म वार्ता भएको थियो। उनीहरुले उत्तर कोरियाली अवस्थाको बारेमा कुराकानी भएको ब्ल्यु हाउसले जनाएको छ ।

हालैका दिनमा उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणका विषयका साथै यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनावका बारेमा फोनवार्तामा कुराकानी भएको थियो। 

उत्तर कोरियाले यदि यस्तो खालको क्षेप्यास्त्र परीक्षण गरेका त्यसका विरुद्धमा एक साथ लड्नेगरी आगामी दिनमा नियन्त्रणात्मक कार्यक्रमहरुको तयारी गर्ने बारेमा सो अवसरमा कुराकानी भएको बताइएको छ। 

यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका तर्फबाट कुनै आणविक परीक्षणलगायतका शङ्कास्पद र उत्तेजक क्रियाकलाप सीमा क्षेत्रमा पछिल्लो समयमा गरेको नभेटिएको बिहीबार मात्र जनाएको थियो। 

उत्तर कोरियाले फेरि पनि आणविक क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भन्दै सीमा क्षेत्रमा दक्षिण कोरियाले पछिल्लो समयमा निगरानी गरिरहेको जनाएको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell