PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

​अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा स्वामी पक्राउ



​अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा स्वामी पक्राउ

काठमाडौँ : हिन्दु धर्मको प्रचारका लागि अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा स्वामी विष्णु प्रपन्नचार्य भनिने विजय भण्डारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।
 
परिसरका अनुसार उनले नेपालको विभिन्न स्थानमा धार्मिक कार्यक्रम संचालन गरी सर्वसाधारणलाई अमेरिका पठाइदिने प्रलोभन दिएर रकम उठाएर ठगी गरेका थिए।
 
परिसरका अनुसार गुल्मी वस्तु गाविस– ३ घर भई हाल सीतापाइला बस्ने भण्डारीले विभिन्न सर्वसाधारणसँग मानव कल्याण आध्यात्मिक परोपकार संघ नेपालको नाममा रकम उठाएका थिए।
 
प्रहरीमा परेको उजुरी अनुसार उनले विभिन्न व्यक्तिसँग १७ लाख लिएर ठगी गरेको खुलेको छ।
 
अमेरिका पठाउने आश्वासन पूरा नभएपछि पीडितहरु प्रहरीकहाँ उजुरी गर्न गएका थिए। उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरेर ठगी अभियोगमा काठमाडौँ जिल्ला अदालतमा पेश गरी ठगी मुद्दा म्याद थप अनुमति लिई अनुसन्धान प्रकृया अगाडि बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell