PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

हाजिर गरेर सांसद गायब भएपछि संसद बैठक स्थगित



हाजिर गरेर सांसद गायब भएपछि संसद बैठक स्थगित

काठमाडौँ : हाजिर गरेर पनि संसद बैठकमा उपस्थित नभएपछि आजको संसद बैठक निर्धारित कार्यसूची नसकिँदै भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। 

विधेयक पारित गर्न उपस्थित हुनुपर्ने सांसद संख्या १४८ रहेकोमा तीन मिनेटसम्म घण्टी बजाएर गणना गर्दा १३७ जना मात्र उपस्थित थिए। दोस्रो पटक गणपूरक संख्या गणना गर्नुअघि पहिलो पटकको गणनामा १५७ जना सांसद उपस्थित थिए। 

त्यसपछि विधायन समितिको प्रतिवेदन सहितको अपराध संहिता विधेयक , २०७१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव, अपराध संहिता विधेयक, २०७३ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत भएर पारित भएको थियो।  

मुलुकी फौजदारी कार्यविधि संहिता विधेयक २०७४ पनि सर्वसम्मतिले पारित भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell