PahiloPost

Oct 16, 2025 | ३० असोज २०८२

नेपाली युवाको स्टार्टअप बिजनेस अमेरिकामा पुरस्कृत



पहिलोपोस्ट

नेपाली युवाको स्टार्टअप बिजनेस अमेरिकामा पुरस्कृत

काठमाडौं: नेपाली युवाहरुको स्टार्ट–अप उद्यम प्लान ‘ओया अपर्चुनिटिज’ अमेरिकामा सम्मान भएको छ। अमेरिकाको 'क्लिन्टन ग्लोबल इनिसियटिभ'ले उक्त प्लानलाई नगद रकमसहित पुरस्कृत गरेको हो।

आयोजना सुरु भएको एक वर्षमा विश्वका ३९ देशमा ब्रान्च फैलाउन सफल ‘ओया अपर्चुनिटिज’ले पुरस्कार स्वरुप १० हजार डलर प्राप्त गरेको छ।

सन् २०१५ बाट कलेज तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विश्वभरबाट पाईने छात्रबृत्ति, फेलोसिप, इन्टर्नसिप, कन्फ्रेन्सका बारेमा जानकारी दिने आयोजना सहित ओया अपर्चुनिटिज सुरु भएको हो। क्लिन्टन ग्लोबल इनिसियटिभले विश्वभरबाट प्राप्त स्टार्ट–अप मध्येबाट ‘ओया अपर्चुनिटिज’लाई सम्मान गरेको हो।

संस्थापकले खगेन्द्र आचार्यले पुरस्कारलाई नेपाली युवाहरुलाई मोटिभेशनको संज्ञा दिए। उनले आवेदन बुझाउँदाको क्षण सम्झिंदै भने,'आशा त थियो। तर विश्वभरबाट धेरैले सहभागिता जनाउने भएर जीत्छौं नै भन्ने थिएन।'

क्लिन्टन ग्लोबल इनिसियटिभले हरेक वर्ष विश्वभरबाट स्टार्ट–अपमा संलग्नहरुबाट आवेदन आह्वान गर्छ। शिक्षा, युवा, नेतृत्व, सशक्तिकरण लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गर्छ। जसमध्ये हरेक वर्ष शिक्षामा विश्वका तीनवटा स्टार्ट–अपलाई पुरस्कृत गर्दै आएको छ।

‘ओया अपर्चुनिटिज’मा देशभित्रका लागि खगेन्द्र बाहेक अन्य दुई युवा पार्शु अर्याल र फिरोज घिमिरे स्थापनादेखि सक्रिय रुपमा आबद्ध छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell