PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

छोटो समयमै तोडियो युट्युबमा सबैभन्दा बढी हेरिएको 'सि यु अगेन'को रेकर्ड



पहिलोपोस्ट

छोटो समयमै तोडियो युट्युबमा सबैभन्दा बढी हेरिएको 'सि यु अगेन'को रेकर्ड

गत ११ जुलाईमा युट्युबमा सबैभन्दा धेरै हेरिएको दक्षिण कोरियाली गीत 'गंगनम स्टाइल'को रेकर्ड नयाँ गीतले तोड्यो। विगत पाँच वर्षदेखि रेकर्ड राखेको गंगनम स्टाइललाई विज खलिफा र चार्ली पुथको सि यु अगेन गीतले जितेको हो।

सि यु अगेनले सार्वजनिक भएको २ वर्षमा मात्र पुरानो रेकर्ड तोडेको हो। ‘फास्ट एण्ड फ्युरियस ७’ को उक्त गीतले रेकर्डको स्वाद धेरै समय चाख्न पाएन। अहिले त्यसलाई पनि जितेर नयाँ गीतले रेकर्ड राखेको छ।

सन् २०१७ जनवरी १२ मा सार्वजनिक भएको गीत लुइस फोन्सीको ‘डेस्पासिटो’ ले सबै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। जनवरी १२ मा सार्वजनिक भएको 'डेस्पासिटो'ले युट्युबमा रिलिज भएको ६ महिनामा सबैभन्दा धेरै भ्यू्जको रेकर्ड बनाएको हो। लुइस फोन्सीको गीतले छोटो समयमा अत्याधिक भ्यूअर्स कमाएको हो।

यस्तो छ सबैभन्दा बढी हेरिएको गीत: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell