PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

दुबै हातले एकैपटक चित्र कोर्ने उपकार घमालको कला प्रदर्शनी



पहिलोपोस्ट

दुबै हातले एकैपटक चित्र कोर्ने उपकार घमालको कला प्रदर्शनी

काठमाडौं: दुबै हातले एकैपटक चित्र कोर्न सक्ने कलाकार उपकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनी भैरहेको छ। ‘नेगेटिभ पोजेटिभ’ नाम दिइएको प्रदर्शनी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा गत बिहिबारदेखि सुरु भएको हो।

उदघाटन समारोहमा अतिथिका रुपमा पुगेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले उपकारको कला सम्मानयोग्य रहेको बताइन्। उनले निर्माण भैरहेको फिल्म छक्कापञ्जा सिक्वेलको लागि उपकार घमाललाई एउटा पोस्टर डिजाइन गर्न लगाउने बताइन्। कार्यक्रममा अन्य कलाकार तथा लेखक रमेश खनाल, कला अनुरागी पुरुषोत्तम डंगोल, हास्यकलाकारहरु जीतु नेपाल र केदार घिमिरे उपस्थित थिए।

कार्यक्रममा कलाकार घमालले प्रत्यक्ष दुई हातले चित्र समेत बनाए। ललितकलामा स्नातोकत्तरको थेसिसको तयारी गरिरहेका कलाकार घमालको पहिलो एकल चित्रकला प्रदर्शनीमा कुल २१ वटा चित्रहरु प्रदर्शित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell