PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

​पशुपति दर्शन गरेर फर्किएका भारतीय तिर्थालुको बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो



​पशुपति दर्शन गरेर फर्किएका भारतीय तिर्थालुको बस दुर्घटना, मृत्यु हुनेको संख्या १७ पुग्यो

  • ऋषिकेश दाहाल-
धादिङ : भारतीय तीर्थयात्रु बोकेको बस काठमाडौँबाट गोरखपुर जाँदै गर्दा त्रिभुवन राजपथको झ्याप्ले खोलामा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ। काठमाडौं र धादिङ सीमामा रहेको नौविसेको झ्याप्ले खोलामा बिहान करिब साढे सात बजे बस सडकबाट खसेको थियो।

बस बीचमै अड्केको अवस्थामा १२ जनाको शव पहिला नै निकालिएको थियो। पछि दुईजनाको शवलाई बसको अगाडि भागमा च्यापिरहेको अवस्थाबाट निकालियो। दुर्घटनामा बचेका यात्रुले बसमा ४५ जना रहेको बताए।

 बुधबार बिहान झ्याप्ले खोलास्थित सडकबाट ३ सय मिटर खोल्सामा बस खसेको थियो।

ट्राफिक प्रहरीका अनुसार १४ जनाको शव घटनास्थलमै फेला परेको हो भने एक जना पुरुषको शिवज्योति अस्पताल बल्खु र एक महिलाको ओम समाज अस्पताल ढुङगेअड्डा र अर्की महिलाको सहिद मेमोरियल अस्पताल कलंकीमा उपचारको क्रममा मृत्यु भएको हो।

मृत्य हुनेमा नौ जना पुरुष र आठ जना महिला रहेका छन्। मृतकहरुको सनाखत अहिलेसम्म हुन सकेको छैन । दुर्घटनामा घाइते भएका २७ जनाको काठमाडौँ विभिन्न अस्पतालमा उपचार भैरहेको छ।

जि जेड १४ एक्स ९९०० नम्बरको दुईतले बस दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक वासुदेव थापाले बताए। घाइतेलाई उपचारका लागि काठमाडौँको वीर अस्पताल तथा शिक्षण अस्पतालमा पठाएको प्रहरीले जानकारी दिएको छ। 

मृतकको सनाखत हुन सकेको छैन। दुर्घटनाको कारण र अन्य विस्तृत विवरण आउने बाँकी छ। गाडीमा ४५ जना सवार थिए। सेना र प्रहरीको ठूलो समूह उद्दारमा खटिएको छ । मृत्यु हुनेमा अधिकांश भारत गुजरातका छन्। 









@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell