PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

कीर्तिमानी रकममा नेमार पुगे पिएसजी, १० नम्वरको जर्सी लगाउने



पहिलोपोस्ट

कीर्तिमानी रकममा नेमार पुगे पिएसजी, १० नम्वरको जर्सी लगाउने

अन्तत: नेमार विश्व कीर्तिमानी रकममा सरुवा भएका छन्। ब्राजिलियन फरवार्ड नेमारलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजीले) विश्व कीर्तिमानी रकम २२२ मिलियन युरोमा बार्सिलोनाबाट अनुबन्धन गरेको छ।

जुन २०१६ मा म्यानचेष्टर युनाइटेडले पउल पोग्वालाई किनेको रकमको दोब्बर भन्दा बढी हो।

लिग वान क्लब पुगेपछि नेमार विश्वकै महँगा खेलाडी बनेका छन् नै उनले एक वर्षमा ४५ मिलयन युरो कमाउनेछन्। यस्तै एक सातामा उनको कमाई ८ लाख ६५ हजार युरो हुनेछ। नेमारलाई पिएसजीले पाँच वर्षको लागि सम्झौता गरेको छ।

सम्झौतापछि नेमार सन् २०२२ जुन ३० सम्म पिएसजीमा रहने क्लबले आफ्नो अफिसियल वेवसाइटमा उल्लेख गरेको छ।

पेरिसको क्लबमा अनुबन्धन भएपछि नेमारले पिएसजीलाई 'युरोपकै महत्वकांक्षी क्लब भनेका' छन्।

पिएसजीको महत्वकांक्षाले मलाई क्लबमा आकर्षित गर्‍यो, यसले इच्छाशक्ति र शक्ति ल्याउँछ -नेमारले भने।

'म चुनौतीको सामना गर्न तयार छु। आजबाट मेरो नयाँ टिम मेटको सहयोगको लागि म हरेक कुरा गर्न तयार छु।'

फ्रान्सेली क्लब पिएसजीले शुक्रबार पत्रकार सम्मेलनमार्फत नेमारलाई फ्यानसमक्ष प्रस्तुत गर्ने भएको छ। गत सिजन नेमारकै उत्कृष्ट प्रदर्शनको मद्दतमा बार्सिलोनाले पिएसजीलाई पराजित गरेको थियो।

यसअघि निकै हल्लाबीच नेमार गत बुधबार केही समय प्रशिक्षणका लागि बार्सिलोना पुगेका थिए। जहाँ उनले क्लब छाड्मने बताएका थिए भने प्रशिक्षकले पनि अनुमति दिएका थिए।

नेमारले पिएसजीमा १० नम्वरको जर्सी लागउने छन्। यसअघि ब्राजिलियन रोनाल्डिन्हो र स्वीडेनका ज्लाटन इब्राहिमोभिचले उक्त जर्सी लगाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell