PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अस्थायी शिक्षकको परीक्षा सार्ने चलखेल भएको सांसदको आरोप



अस्थायी शिक्षकको परीक्षा सार्ने चलखेल भएको सांसदको आरोप

काठमाडौँ : सरकारले अस्थायी शिक्षकको भदौ ३ गतेको परीक्षा सार्न चलखेल गरिरहेको आरोप सांसद गंगालाल तुलाधरले लगाएका छन्। 

संसदको विशेष समयमा बोल्दै उनले भने, '१४ महिनाअघि शिक्षा ऐन संशोधन विधेयक पारित भएको थियो। विधेयकले एक वर्षमा अस्थायी शिक्षकलाई स्थायी गर्ने ढोका खोलेको थियो। तर, किन कार्यान्वयन भएन?' 

संघीयतामा गएपछि नियमावलीमा संघीय संरचना थप गरेर ल्याउने प्रतिवद्धता तत्कालीन शिक्षामन्त्रीले गरे पनि  सरकारले बेइमान गरेको र फेरि असार ९ मा एउटा गम्भीर सम्झौता गरेपछि सम्झौता कार्यान्वयन गर्न फेरि विधेयक संशोधन गर्नुपर्ने अवस्था आएको उनले बताए।

'सम्झौता सरकारको गम्भीर कमजोरी भएको आरोप लगाउँदै उनले रकारले आफ्नो अकर्मर्णयता ढाकछोप गर्न भदौ ३ गतेको परीक्षा सार्ने सरकारले चलखेल गरेको बताए।

'यसले २६ हजार शिक्षकको अस्थायी दरबन्दीलाई स्थायी गर्ने प्रक्रिया अवरुद्ध गरेको छ', उनले भने, 'परीक्षा रोक्नेृ काम नहोस्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell