काठमाडौं : सर्वोच्च अदालतले तीन महिनाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न परमादेश जारी गरेको छ।
त्रिभुवन विश्वविद्यालय, कार्यकारी परिषदलाई विपक्षी बनाएर दायर रिटमा प्रधानन्यायाधीश रामकुमार प्रसाद शाह र न्यायाधीश चोलेन्द्र समशेर जबराको इजलासले परमादेश जारी गरेको हो।
अनेरास्ववियु छैठौँका विमलप्रसाद पोखरेलले तत्काल स्ववियु निर्वाचन गराउन माग गर्दै गत असार ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
सर्वोच्चले गत साउन १५ गते रिटमा सुनुवाइ गर्दै त्रिभुवन विश्यविद्यालयलाई कारण देखाउ आदेश जारी गरेको थियो।