PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपाल टेलिकमले विदेशबाट आएको फोन उठाउँदा बोनस दिने



नेपाल टेलिकमले विदेशबाट आएको फोन उठाउँदा बोनस दिने

काठमाडौँ : नेपाल टेलिकमले विदेशबाट आएको कल उठाउँदा बोनस दिने योजना अगाडि सारेको छ। 

टेलिकमका अनुसार जीएसएम/सीडीएमएको पोस्टपेड वा प्रिपेड मोबाइलमा विदेशबाट आएको फोन एक हप‍्तामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गरे सात मिनेट भ्वाइस कल गर्न र सात वटा एसएमएस निःशुल्क पठाउन सकिनेछ। यो योजना भोलि अगस्त १ तारिखदेखि ९० दिनसम्म लागू हुने टेलिकमले जनाएको छ।

त्यसैगरी टेलिकमको १ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट करसहित मासिक रु. १००० मा उपलब्ध गराउने अफर पनि ल्याएको छ।  यसअघि मासिक १०१७ मा २५६ केबीपीएस गतिको मात्र एडिएसएल उपलब्ध थियो।

त्यसैगरी टेलिकमले भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ। अब १५ जिबी डाटा रु. ३०० मा पाइनेछ। २५ जीबी डाटाको रु. ५०० र ४० जीबीको डाटाको मूल्य रु. ७००  तोकिएको छ। 

त्यसैगरी दर्ता शुल्क पनि भोल्युम बेस्ड डाटाको लागि करबाहेक रु. २०० र अनलिमिटेड डाटाको लागि रु. ३०० तोकिएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell