PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगिता घोषणा



क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगिता घोषणा
पोहोरको इपिएलको फाइल फोटो

काठमाडौँ : नेपाली क्रिकेटमा अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशी भएको प्रतियोगिता घोषणा भएको छ। इपिएल (एभरेस्ट प्रिमियर लिग) दोस्रो संस्करणको प्रतियोगिताको कूल पुरस्कार राशी २१ लाख रहेको छ। 

यसअघि प्रधानमन्त्री कपमा २० लाख पुरस्कार थियो। 

प्रतियोगितामा ६ वटा सिटी बेस्ड फ्रेन्चाइज टिम रहने भएको छ- काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा। डिसेम्बरमा हुने प्रतियोगितामा हरेक टिममा १५ खेलाडी हुनेछ भने प्रतियोगिता राउन्ड रोबिन लिगमा हुनेछ। 

१० खेलाडी अक्सनबाट, तीन विदेशी खेलाडी र एक जना ट्यालेन्ट हन्टबाट छानिनेछ। एक जना मार्की प्लेयर राख्न पाइनेछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell