PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

अर्को सूचना नभएसम्म एन्फाको बैठक स्थगित



पहिलोपोस्ट

अर्को सूचना नभएसम्म एन्फाको बैठक स्थगित

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय समितीको बैठक अर्को सूचना नआएसम्मको लागि स्थतिगत भएको छ।

हिजो बुधबार सुरु भएको बैठकले निकाश दिन नसकेपछि बैठक बिहिबार पनि बस्ने तय थियो। तर एन्फाका अध्यक्षका अनुसार विशेष कारणवश अर्कव सूचना नआएसम्मको लागि साउन ११ गतेबाट सुरु बैठक स्थगित गरिएको जानकारी महासचिव धिरेन्द्र प्रधानले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।  

विगत ३ वर्षदेखि हुन नसकेको ए डिभिजन लिग, थ्री स्टार क्लबलाई क्षतीपूर्ती दिने विषय, फिफा र एफसी रोडम्याप लगायतका विभिन्न विषयमा छलफल गर्नका लागि बुधबारदेखि एन्फा मुख्यालय सातदोबाटोमा बैठक सुरु भएको थियो।

विशेषगरी एन्फाले थ्री स्टारलाई क्षतीपूर्ती दिने विषयमा कुरा नमिलेपछि बुधबारको बैठकले निष्कर्ष निकाल्न सकेको थिएन।

एन्फाकै गल्तीका कारण थ्री स्टारले छनोट चरण पार गरेर पनि एसिया कपको दोस्रो चरण खेल्नबाट बन्चित हुनुपरेको थियो। त्यसको क्षतीपूर्तीवापत थ्रीस्टारले सुरुमा ६ करोड मागेको थियो भने एन्फानले डेढ करोड दिने सहमती जनाएको थियो। तर अहिले उक्त सहमतीले टुङ्गो पाउन नसकेको हो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell