PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बामदेव गौतमको प्रश्नः औचित्य पुष्टि नभएको संशोधनको खेलमा एमाले किन लाग्ने ?



रासस

बामदेव गौतमको प्रश्नः औचित्य पुष्टि नभएको संशोधनको खेलमा एमाले किन लाग्ने ?

नेपालगञ्ज : नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले कसैलाई खुसी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन्। 

प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि नेपालगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई गौतमले संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्ने बताए।

गौतमले भने,‘कसैलाई खुसी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य पुष्टि नै नभएको संशोधनको खेलमा आफ्नो दलको कुनै सहमति हुन सक्दैन।’

अभिमुखीकरणमा सहभागीलाई नेता विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र गोकर्ण विष्टले प्रशिक्षण दिनेछन्।रासस  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell