PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण, समानता र न्यायका पक्षमा काम गर्ने प्रतिवद्धता



रासस

भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण, समानता र न्यायका पक्षमा काम गर्ने प्रतिवद्धता
फोटो श्रोतः aajtak.intoday.in

नयाँदिल्ली : नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिएका छन्। 

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कोविन्दलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए। 

समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो। 

भारतीय जनता पार्टीकातर्फबाट उम्मेदवार रहेका कोन्दि ६५ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका थिए। 

आजै बिहान राष्ट्रपति कोविन्दले आफ्नी पत्नीसहित राजघाटस्थित महात्मा गान्धीको स्मारकमा पुगी श्रद्धाञ्जलि अर्पण गरेका थिए। 

७१ वर्षीय कोविन्दलाई विशेष सवारीका साथ राष्ट्रपति भवनमा प्रवेश गराइएको थियो। 

भारतीय दलित समुदायको प्रतिनिधित्व गरेका राष्ट्रपति कोविन्दले शपथ ग्रहण पछि दिएको मन्तव्यमा आफूले सधैं न्याय, समानता र प्रजातन्त्रको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell