PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

डोन्बासमा तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग 



रासस

डोन्बासमा तत्काल युद्धविराम गर्न युक्रेनका राष्ट्रपतिको माग 
फोटो श्रोतः businessinsider.com

किभः युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले पूर्वी युक्रेनी भूभाग डोनेटस्क, लुगान्स्क क्षेत्रसहित डोन्बासमा युद्धविरामको माग गरेका छन्। 

चार वटा देश सम्मिलित एक कूटनीतिक समूह ‘नरमान्डे फोर’ मा भएको टेलिफोन वार्तामा उनले युद्धविरामको माग गरेका हुन्। जर्मनी, फ्रान्स, रसिया र युक्रेनसम्मिलित नर्मान्डे फोरका नेताहरुको फोनवार्ता भएको थियो। 

युक्रेनमा देखिएको समस्या समाधानका लागि उक्त मञ्च गठन भएको हो। ती नेताहरुले युक्रेन समस्याको समाधान के कसरी गर्ने भन्ने विषयमा केन्द्रीत रहेर वार्ता गरेका थिए। 

मिन्स्कमा भएको शान्ति सम्झौताअनुरुप पूर्वी युक्रेनमा जारी सैनिक द्वन्द्व रोकिएको खण्डमा मात्र अरू समाधान सम्भव भएको पोरोसेन्कोले आफ्नो फेसबुक पेजमा लेखेका छन्। 

उनको आग्रहपछि जर्मनी, फ्रान्स र रसियाका नेताहरुले युद्धविरामका लागि सहमति जनाएको बताइएको समाचारमा उल्लेख छ। 

डोन्बासमा जारी द्वन्द्वको अवस्थाको विषयलाई लिएर युक्रेनले सधैँ यो माग गर्ने गरेको छ। उक्त क्षेत्रमा सशस्त्र युद्धको अन्त्य उसको पहिलो शर्त भइआएको छ। 

बेलारुसको राजधानी मिन्स्कमा सन् २०१५ को फेबु्रअरीमा युक्रेन विषयमा शान्ति सम्झौता भएको थियो। युक्रेनी पूर्वी क्षेत्रमा शान्तिपूर्ण समाधान सो सम्झौताको मर्म हो। 

युक्रेनी विदेशी मन्त्रालयका अनुसार गत हप्तामा जारी द्वन्द्वको क्रममा मात्र १३ युक्रेनी सरकारी सैनिकको मृत्यु भएको थियो। सो क्षेत्रमा अहिले पनि हिंसा जारी नै छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell