PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपालको भलिबल विकासका लागि डच भलिबल संघसँग पाँच बुँदे सम्झौता



पहिलोपोस्ट

नेपालको भलिबल विकासका लागि डच भलिबल संघसँग पाँच बुँदे सम्झौता

काठमाडौं : नेपालको भलिबल विकासका लागि नेपाल भलिबल संघ एनभिए र नेदरल्याण्ड्स भलिबल फेडेरेसनबीच सोमबार पाँच बुँदे सम्झौता भएको छ।

पाँच बुँदे सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक पिटर भान तरेलले हस्ताक्षर गरे।

नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन विकास व्यवस्थापक पिटरसहित भलिबल प्रशिक्षक म्याट भान विजल समबारै नेपाल आइपुगेका हुन्।

सम्झौतामा नेदरल्यान्ड भलिबल संघको सहयोगमा सन् २०१९ सम्म राष्ट्रिय टोलीलाई प्रशिक्षण दिन प्रशिक्षक उपलब्ध गराउने, बल र नेटलगायतका सामग्री उपलब्ध गराउने, भौतिक पूर्वाधार निर्माणका लागि सहयोग जुटाउने, दुवै राष्ट्रका खेलाडीलाई अन्तर्राष्ट्रिय एक्सपोजरका लागि पहल गर्ने र नेपाली प्रशिक्षकलाई तालिम दिने बुँदा समेटिएका छन्।

कर्यक्रममा विकास व्यवस्थापक टरेलले पाँचौं पटक नेपाल भ्रमणमा आएको जनाउँदै नेपाली भलिबललाई उचाईमा पुर्‍याउन नेदरल्यान्ड भलिबल संघले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेदरल्यान्डबाट उपलब्ध गराउने सहयोगको पारदर्शीताका लागि दुवै संघका प्रतिनिधि रहने गरी समिति गठन गरिने बताए ।

नेदरल्यान्डका प्रशिक्षक विजलले नेपाली टोलीको खेल युट्युवमा भिडियो हेरेको बताउँदै नेपाली टोली प्राविधिक रुपमा उत्कृष्ट रहेको बताए । उनले भौतिक पूर्वाधार निर्माणमा सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाए ।  

यस्तै एनभिएका अध्यक्ष शर्माले भलिबल नेपालको राष्ट्रय खेल बनिसकेको र विदेशी प्रशिक्षकको पनि आगमनपछि नेपाली भलिबलले केही पाएको महसुस गरेको बताए। 'नेपाली भलिबलकोको विकासमा अब केही सिंडढी चढेजस्तो लाग्छ' म्याट र पिटरलाई स्वागत गर्दै अध्यक्ष शर्माले भने 'आवर ड्रिम्स कम ट्रयु'

स्वागत कार्यक्रममा पिटरले नेपालका पाँच स्कुललाई बल हस्तानतरण समेत गरे। उनीहरुले आजैदेखि लागु हुने गरी राजधानीका पाँच भिन्न स्कुलमा कोचिङ क्लिनिक प्रोग्राम पनि सुरु गर्दैछन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell