PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

संविधान संशोधन प्रस्ताव अघि बढाउने कांग्रेसको निर्णय, एमालेलाई सहयोग गर्न आग्रह



रमेश वाग्ले

संविधान संशोधन प्रस्ताव अघि बढाउने कांग्रेसको निर्णय, एमालेलाई सहयोग गर्न आग्रह

काठमाडौँ : सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले संसदमा दर्ता भएर थाती रहेको संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ संसदमा पेश गर्ने निर्णय गरेको छ। 

कांग्रेसको साउन ७ गतेदेखि जारी केन्द्रीय कार्यसमितिले यस्तो निर्णय गरेको हो। 

केन्द्रीय कार्यसमितिले पारित गरेको निर्णयमा भनिएको छ, 'प्रस्तावित संशोधन प्रस्ताव पास गर्न प्रक्रिया अघि बढाउने र एमाले लगायतका दललाई सहयोग गर्न आग्रह गर्ने।'

कांग्रेसले तराई मधेसका समस्या समाधान गर्ने प्रतिवद्धता जनाउँदै प्रदेश २ का मतदातालाई नेपाली कांग्रेसमा मतदान गर्न पनि आह्वान गर्ने निर्णय गरेको छ। 

आशा गरे अनुरुप स्थानीय तहको निर्वाचनमा नतिजा नआए पनि नेपाली कांग्रेसको पक्षमा मतदान गर्ने सबैलाई धन्यवाद दिने निर्णय पनि कांग्रेसले गरेको छ। 

पार्टीभित्र अनुशासन उल्लङ्घन गर्ने, निर्वाचनमा अन्तर्घात गर्नेलाई विधान बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय पार्टीले गरेको छ। तर त्यसका लागि अनुशासन समिति भने बन्न बाँकी छ। समितिमा गोपालमान श्रेष्ठलाई संयोजक प्रस्ताव गरिए पनि उनले आफू मन्त्री भएकोले नबस्ने बताएका थिए। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell