PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

ललितपुरको मंगलबजारस्थित गल्लीमा ४५ दिनको शिशु मृत भेटियो



ललितपुरको मंगलबजारस्थित गल्लीमा ४५ दिनको शिशु मृत भेटियो

ललितपुर : ललितपुर महानगरपालिका–१२ मंगलबजारस्थित गल्लीको फोहोरको थुप्रोमा शिशुको शव भेटिएको छ।

रातो कपडाले बेरेर फालिएको अवस्थामा अन्दाजी ४५ दिनको जस्तो देखिने बालक सोमबार फेला परेको हो। यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ। 

यस्तै तनहुँको शुक्ला गण्डकी नगरपालिका–८ गाछेपानीबाट ढोरफर्दी जाने काठे पुलमुनी सेती नदीको खोचमा पानीमा तैरिरहेको अवस्थामा सोमबार दुई वटा शव फेला परेका छन् । प्रहरीले उक्त शव पानीबाट निकाल्ने प्रयास गरिरहेको छ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell