PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टिआरपी घट्यो कपिल शर्मा शोको, होला उनको स्वास्थ्यको असर?



टिआरपी घट्यो कपिल शर्मा शोको, होला उनको स्वास्थ्यको असर?

कहिले कलाकारहरुसँग कपिल शर्माको विवाद त कहिले कपिल शर्माको स्वास्थ्य, यीनै कारणले द कपिल शर्मा शोको सुटिङ प्रभावित हुँदै आएको छ। जसका कारण कार्यक्रम प्रशारणमा समेत असर गरेको छ। कहिले सुटिङ स्थगित, कहिले पुरानै कार्यक्रम दोहोर्यााउने त कलाकारको फेरबदल। यस्ता खबरले कपिल शर्माको शोको टिआरपी समेत घटेको टाइम्स अफ इन्डियाले जनाएको छ।

ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल अफ इन्डियाका अनुसार कपिल शर्मा शो टिआरपीको लिस्टमा १४ नंबरमा पुगेको छ। काउन्सिलले ८ जुलाईदेखि १४ जुलाईसम्मको डाटालाई आधार मानेको हो। कार्यक्रम यसअघि टिआरपीको पाँचौ स्थानमा रहेको थियो। सोनी टिभीले च्यानल रेटिङको लागि भने पाँचौ स्थान बनाएको छ।

टिआरपीमा सबैभन्दा अगाडी कार्यक्रम सारेगमपा लिल च्याम्प देखिएको छ। दोस्रो नम्बरमा कुमकुम भाग्य, तेस्रोमा तारक मेहेताका उल्टा चश्मा, चौथोमा कुण्डली भाग्य र पाँचौमा ए रिश्ता क्या केहेलाता है परेका छन्।

कपिल शर्मा शोको टिआरपीलाई राम्रो मानिन्छ तर केही समय यता उनी निरन्तर बेहोस् हुने गरेका छन्। हाइ ब्लड प्रेसरको कारण भनिए पनि उनको दिदीले कपिल डिप्रेशनको शिकार भएको बताएकी छिन्। कार्यक्रमको स्तरियता घट्नुको कारण होला त उनको स्वास्थ्य? यो प्रश्नले अहिले भारतिय अनलाइनहरुले राख्न थालेका छन्। थप सोनी टिभीले पनि अर्को कमेडी कार्यक्रम आफ्नो च्यानलबाट प्रस्तुत हुने घोषणा गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell