PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

इंगल्याण्डले जित्यो चौथो पटक महिला क्रिकेट विश्वकपको उपाधि, फाइनलमा भारत पराजित



पहिलोपोस्ट

इंगल्याण्डले जित्यो चौथो पटक महिला क्रिकेट विश्वकपको उपाधि, फाइनलमा भारत पराजित

एन्या स्रुबसोलले ६ विकेट लिएपछि आयोजक इंगल्यामण्डे भारतलाई ९ रनले पराजित गर्दै महिला विश्वकप क्रिकेटको उपाधि जितेको छ।

२ सय २९ रनको विजय लक्ष्य पछ्याएको भारतलाई ४८.४ ओभरमा २ सय १९ रनमा अलबउट गर्दै इंगल्याण्ड चौथो पटक च्याम्पियन बन्दा भारतको पिहलो पटक उपाधि जित्ने सपना अधुरै रह्यो।

अहिलेसम्म अष्ट्रेलियाले सर्वाधिक ६ पटक च्याम्पियन बन्दा न्यूजिल्याण्डले एकपटक उपाधि जितेको छ।

एक समय १ सय ९१ रनमा ३ विकेट मात्रै गुमाएको भारत जित नजिकै पुगेपनि त्यसपछि नाटकिय रुपमा विकेट पतन हुँदा पूरै ओभर समेत टिक्न सकेन। भारतले २८ रन जोड्ने क्रममा बाँकी ७ विकेट गुमाएको थियो।

इंगल्याण्डलाई उपाधि दिलाउन नायक बनेकी स्रुबसोले ९.४ ओभर बलिङ गर्दा ४६ रन खर्चेर ६ विकेट लिइन्। यस्तै एलेक्स हार्टलेले २ विकेट झारिन्।

भारतका लागि ओपनर पुनम राउतले सर्वाधिक ८६ तथा हर्मित कौरले ५१ रन बनाइन्।

त्यसअघि लर्ड्समा पहिले ब्याटिङ गरेको घरेलु टोली इंग्लयाण्डले पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २ सय २८ रन बनाएको थियो। इंगल्याण्डका लागि नताली स्भरले ५१ तथा साराह टेलरले ४५ रन बनाइन्। क्याथरिन ब्रन्टले ३५ रन बनाइन् भने जेनी गुन २५ रनमा नटआउट रहिन्।

भारतका झुलान् गोश्वामीले ३ तथा पुनम यादवले २ विकेट लिइन्।

६ विकेट लिएकी इंगल्याण्डीकी स्रुबसोल प्लेअर अफ दी फाइनल घोक्षित भइन् भने इंगल्याण्डकै तम्मी बिएमाउण्ड प्लेअर अफ दी टुर्नामेन्ट चुनिइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell