PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

आइसीसीले दियो 'ग्रीन सिग्नल', समाधान होला नेपाली क्रिकेटको समस्या?



पहिलोपोस्ट

आइसीसीले दियो 'ग्रीन सिग्नल', समाधान होला नेपाली क्रिकेटको समस्या?
फोटो : रोहित दाहालको फेसबुक

काठमाडौं : इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीले नेपाली क्रिकेट विवाद समाधान गर्नको लागि ग्रीन सिग्नल दिएको छ। तर नेपाली क्रिकेटको विवाद अजै समाधान भइहाल्नेमा भने शंका जारी नै छ।  

आइसीसीले शनिबार नेपाली क्रिकेटको विवाद समाधान गर्न गठन गरेको एड्भाइजरी कमिटीसँग छलफल गरेपछि नेपाल क्रिकेट संघ क्यानको विवाद समाधान नजिक पुगेको संकेट गरेको हो। शनिबार छलफल सकिएपनि आइसीसीले आइतबार मात्र प्रेस विज्ञप्ती जारी गर्दै एड्भाइजरी किमटीसँगको छलफल महत्वपूर्ण भएकव भन्दै नेपाली क्रिकेटको विवाद समाधान अन्तिम चरणमा पूगेको जनाएको छ।

शनिबारको बैठककमा आइसीसीमा उपप्रमुख इमरान ख्वाजा, अकाण्ट शाखाका अमर शेखको उपस्थित थियो। विधान संशोधनमार्फत क्यानको निर्वाचन प्रकिया अगाडी बढाएर विवाद समाधान गर्न भन्दै उनीहरु नेपाल आएका हुन्।

शनिबारको छलफल पछि जारी गरेको विज्ञप्तीमा क्यानको विवादित मुद्दाको विषय समाधानतर्फ अगाडी बढेको उल्लेख छ।

आइसीसीले अर्को स्टेपमा संशोधन विधानलाई औपचारिकता दिन साधारण सभाको बयोजना गर्नु रहेको बताएको छ।

यस्तै आइसीसी उपप्रमुख ख्वाजाको भनाई पनि विज्ञप्तीमा उल्लेख छ, 'यदी छलफल र स्वीकारोक्तीबीच नै सबै कुरा अगाडी बढ्ने हो भने अब बन्ने नयाँ संरचनाले नेपाली क्रिकेटको न्यू एराको सुरुवात गराउनेमा कुनै शंका छैन।'

नेपाल क्रिकेट संघ क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै आइसीसीले २०७३ बैशाखमा क्यानलाई निलम्वन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell