PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

फिलिपिन्समा सैनिक कानुन अनुमोदन, मिन्डानाओको सैनिक शासनको अवधि लम्बियो



पहिलोपोस्ट

फिलिपिन्समा सैनिक कानुन अनुमोदन, मिन्डानाओको सैनिक शासनको अवधि लम्बियो

मनिला: फिलिपिन्सको संसदले दक्षिणी फिलिपिन्सको मिन्डानाओमा लागिरहेको सैनिक शासनको अवधि थप लम्बाउन राष्ट्रपतिलाई अनुमति दिएको छ।

उक्त क्षेत्रमा बर्षको सुरुदेखि नै सैनिक शासन लाग्दै आएको छ। उक्त शासनको अवधि थप बढाउनका लागि राष्ट्रपतिले संसदसँग अधिकार मागेका थिए।

फिलिपिन्सको दुवै संसदको शनिबारको संयुक्त बैठकले सो अनुमति दिएको हो। उक्त क्षेत्रमा आगामी डिसेम्बरको ३१ तरिखसम्म सैनिक शासन लागू गर्ने अधिकार संसदले राष्ट्रपतिलाई दिएको छ।

फिलिपिन्समा लगभग संसारकै सबैभन्दा लामो हिंसाका रुपमा कम्युनिष्ट विद्रोहीहरुले सशस्त्र विद्रोह गर्दै आएका छन्।

उनीहरुलाई शान्ति वार्ताका लागि सरकारले बारम्बार आग्रह गर्ने र समय समयमा वार्तासमेत गरेको भए पनि वार्ता सफल हुन सकेको छैन।

सैनिक शासनको विरोध गर्दै आएका कम्युनिष्ट विद्रोहीहरुले विरोधस्वरुप गत हप्तामात्र राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि हमला गरेका थिए। हमलामा परी उनको सुरक्षामा खटेका अंगरक्षक घाइते भएका थिए। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell