PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रदिप खड्कालाई घेरे भक्तपुर र ललितपुरका फ्यानले



पहिलोपोस्ट

प्रदिप खड्कालाई घेरे भक्तपुर र ललितपुरका फ्यानले

काठमाडौं: प्रचार प्रसारको काम तिब्र बनाएको फिल्म प्रेमगित २ युनिटले सांगीतीक यात्रा आयोजना गर्‍यो। मोफसलका ६ शहरमा कन्सर्ट सक्काएको युनिट अहिले राजधानी केन्द्रित प्रचारमा छ।

देशव्यापी सांगीतिक दौडाह समापनपछि फिल्म युनिटले शुक्रबार ललितपुर र भक्तपुरमा कन्सर्ट गर्‍यो। ललितपुर लगनखेल र भक्तपुर सूर्यविनायकमा कार्यक्रम आयोजना भएको हो। फिल्मका कलाकार र गायकले सांगीतिक प्रस्तुति दिए। कन्सर्टमा प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेनसहितका कलाकारको उपस्थिती रहेको थियो।

भक्तपुरसम्म प्रेमगीत को यो १३ औं कन्सर्ट थियो। शनिबार बौद्ध, गोंगबु र रत्नपार्कमा कन्सर्ट केन्द्रित हुने आशुसेन फिल्मसले जनाएको छ।

फिल्मका अभिनेता प्रदिप खड्कालाई थुप्रै फ्यान फलोइङले घेरे। उनीसँग तस्विर खिचाउनेको निकै भिड लाग्यो। ‘यो दर्शकीय मायाले फिल्मप्रति झनै आशावादी हुन मद्दत मिलेको छ’ खड्काले भने, ‘बल्ल हामी वास्तविक दर्शकसामु पुग्न सक्छौं भन्ने लागेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell