PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

टिपरको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु, एक घाइते



रासस

टिपरको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु, एक घाइते

भक्तपुर : मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनिको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुर आइरहेको बा २ क १२१३ नम्बरको टिपरले बा ७७ प ४२२० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । 

टिपरको ठक्करबाट काठमाडौं कीर्तिपुर बस्ने १८ वर्षीया अश्मी सुनारको मृत्यु भएको हो। 

घाइते मोटरसाइकल चालक हरि गहतराजको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीले टिपर चालक भक्तपुर नगरपालिका– ९ का जीवन ज्याठालाई नियन्त्रणमा लिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell