PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ



रासस

नक्कली लाइसेन्स बनाउने दुई जना पक्राउ

पर्सा : सरकारी कागज तथा छाप किर्ते गरी नक्कली चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न भएको अभियोगमा प्रहरीले एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ। 

नक्कली चालक अनुमितपत्र बनाउने भारत बिहारका दीपक ठाकुर र वीरगञ्ज महानगरपालिका– ११ श्रीपुरका उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

बिहीबार बेलुका रक्सौलबाट वीरगञ्ज आउँदै गरेका दीपक र उमेशलाई रजतजयन्ती चोकमा रोकी जाँच गर्दा चालक अनुमति पत्र बनाउन प्रयोग हुने सामग्री बरामद भएकाले अनुसन्धानका लागि दुबैजनालाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए। 

छानबिनका क्रममा दीपक र उमेशबाट विभिन्न व्यक्तिको लाइसेन्स चार थान, होलो ग्राम स्टिकर ६ थान, विभिन्न व्यक्तिका फोटो ३८ थान, राजश्व तिरेको रसिद पाँच थान, तयार भएको नक्कली लाइसेन्स एक थान, विभिन्न व्यक्तिको नागरिकताको फोटोकोपि चार थानलगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दीपक सरकारी कागज तथा छाप किर्ते मुद्दामा यसअघि पक्राउ  परी एक वर्ष कैद भुक्तान गरेका व्यक्ति हुन्। 

पक्राउ परेका दुबैअभियुक्तका सम्बन्धमा अनुसन्धन भइरहेको र तीनलाई सरकारी कागज किर्ते सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ।

उनीहरुले वीरगन्जस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयमा लेखापढी व्यवसायीको काम गर्दै आएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell