PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मोटरसाइकल र भ्यान ठोक्किंदा झापामा एक जनाको मृत्यु, एक घाइते



रासस

मोटरसाइकल र भ्यान ठोक्किंदा झापामा एक जनाको मृत्यु, एक घाइते

झापा : झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा भ्यान र मोटरसाइकल आपसमा ठोक्किएर दुुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हर्चनाबाट बिर्तामोड गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ्यान आपसमा ठोक्किंदा मोटरसाइकल चालक कृष्ण थापाको मृत्यु भएको हो।

मोटरसाइकलमा सवार गोविन्द चौधरी गम्भीर घाइते भएका छन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा  उपचार भइरहेको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell