PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध सन्दीपको ४ विकेट, नेपाल २२ रनले विजयी



पहिलोपोस्ट

यू-१९ विश्वकप छनोट : सिंगापुर विरुद्ध सन्दीपको ४ विकेट, नेपाल २२ रनले विजयी
फोटो : रमन शिवाकोटी

काठमाडौ : कप्तान सन्दीपले ४ विकेट लिएपछि यू-१९ विश्वकपको एसियन छनोटअन्तर्गत शुक्रबार भएको 'लो स्कोरिङ' खेलमा नेपालले घरेलु टोली सिंगापुरलाई २२ रनले पराजित गरेको छ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सिंगापुरलाई १ सय ४६ रन रोक्दै नेपालले छनोटमा तेस्रो जित हात पारेको हो।

इन्डियन एसोसियसन ग्राउण्डमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमै अलआउट भएको थियो। जवाफमा सिंगापुर पनि ४६.५ ओभरम मात्र क्रिजमा टिक्न सक्यो र १ सय ४६ रनमै अलआउट भयो।

पहिलो राउण्डमा सिंगापुर र मलेसियालाई पराजित गरेको नेपाल अफगानिस्तानसँग भने पराजित भएको थियो।

यसअघिका तीन खेलमा जस्तै सिंगापुर विरुद्ध पनि नेपालको ब्याटिङ चल्न सकेन। लगातार चौथो खेलमा पनि टस जितेको नेपालले आज भने पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। तर कप्तान सन्दीपको उक्त निर्णयलाई नेपालका ब्याट्सम्यानहरुले न्याय गर्न सकेनन। नेपाल पूरै ५० ओभर पनि क्रिजमा टिक्न सकेन र ४६.५ ओभरमा १ सय ६८ रनमै अलआउट भयो।

दीपेन्द्र सिंह ऐरीले अर्धशतक बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन राम्रो हुन सकेन। ऐरीले ८३ बल खेल्दै २ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ५४ रन बनाए। यस्तै सन्दीप सुनारले २६, प्रकास केसीले २३ तथा रोहित कुमार पौडेलले १५ रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंक छुन सकेनन।

ब्रिक्रम बिर बिश्वरेले ३ तथा अर्यमन सुनिल र अहान गोपिनाथले समान २ विकेट लिए।

जवाफमा सिंगापुर ४७ ओभरमा  रनमा अलआउट भयो। सिंगापुरका लागि सातौँ नम्वरमा ब्या६ङ गरेका हंसुल दीपले सर्विधक ३२ रन बनाए भने सिद्धान्तले २५ तथा आर रोहनले २३ रन बनाए।

नेपालका लागि कप्तान सन्दीपले सर्वाधिक ४ तथा किशोर महतो र पवन सराफले २ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै २२ रन खर्चेर ४ विकेट लिए।

शुक्रबारै भएको अर्को खेलमा अफगानिस्तानले मेलसियालाई १० विकेट हरायो। ५९ रनको सामान्य लक्ष्य अफगानिस्तानले ५.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो। उसका लागि दरविस रसोलीले ३८ तथा नभिद ओवइदले २२ रन बनाए।

त्यसअघि मुजिव जर्दानले ६ विकेट लिएपछि पहिले ब्याटिङ गरेको मलेसिया २२.२ ओभरमा ५८ रनमा अलआउट भएको थियो। मलेसियाका ३ खेलाडीले मात्र दोहोरो अंक छुन सके। १० ओभर बलिङ गरेका मुजिवले ५ मेडन ओभर फ्याँक्दै २३ रन खर्चेर ६ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell